मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३४ दिन अगाडि
मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार

काठमाडौँ - तराईबाट आन्दोलन गर्न काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् ।

सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।

सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ । 

म‌गलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।