काठमाडौं - यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले मिटर ब्याज पिडितलाइ सहयोग गरेको छ । बानेश्वरमा पिडितहरुको आन्दोलन ऐक्येबद्धता सहित ट्रष्टले आर्थिक सहयोग गरेको हो ।
ट्रष्टको तर्फबाट बीस हजार र मिलन श्रेष्ठ शुभम अस्पतालको तर्फबाट पाँच हजार आर्थिक सहयोग गरिएको हो। पिडितलाई ट्रष्टका अध्यक्ष अस्पत्तालका वोर्ड डाइरेक्टर डा. केदारनरसिंह केसी र ट्रष्टका महासचिव तथा कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले बानेश्वरमा पुगेर मागमा एेक्यवद्धता सहित रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले तत्कालीन सरकार र पिडितबीच भएको ५ बुदे सहमती कार्यन्वन र मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत र क्षतिपूर्ति पिडकबाट भराउन सरकारसँग माग गरेका थिए ।