नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष र स्थायी समिति सदस्य चूडामणि जंगलीले छाडे पार्टी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३४ दिन अगाडि
 नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष  र स्थायी समिति सदस्य चूडामणि जंगलीले छाडे पार्टी

काठमाडौं - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् ।

मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा स्वीकृत गरिएको बताए ।  दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए । तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपानेले पछिल्लो पटक  एमालेसँग मिल्नुपर्ने लाइनमा अभिव्यक्ति दिँदै आएका थिए ।