काठमाडौं - पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान तीन महिनासम्म निरन्तर चल्नेछ ।
शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चल्ने यस अभियानमा सहभागी हुन समेत कोषले सबैलाई अनुरोध गरेको छ ।