शीत भण्डार आगलागीमा परी ११ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३३ दिन अगाडि
शीत भण्डार आगलागीमा परी ११ जनाको मृत्यु

एजेन्सी- सोमबार उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने  क्रममा आगलागी भएको थियो। सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।