भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीले पाउने निश्चित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३३ दिन अगाडि
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीले पाउने निश्चित

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीले पाउने निश्चित भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले बताएको छ । 

यद्यपि तीन वा दुई मन्त्रालय भन्नेमा ठोस सहमति नभएपनि आज बेलुकासम्म एक जनाको नाम भने दिन प्रचण्डले नेपाललाई आग्रह गरेका छन् । सोहीअनुसार समाजवादीले आजै सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।