मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्ने प्रभु साहकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१० दिन अगाडि
मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउनुपर्ने प्रभु साहकाे भनाइ

काठमाडौँ - सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन् ।

संसदमा बोल्दै साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए । 

‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारांै सर्वसाधरण घरबारविहिन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’ 

यस्तै लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको साहले बताए । बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताएका छन् ।