अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे फराकिलो जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे फराकिलो जित

काठमाडौं - अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरेका थिए ।

खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता बनायो । २३ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिना ३-० ले अघि रह्यो । एन्जो फर्नान्डेजले ३५ औं मिनेटमा गोल गर्दा अर्जेन्टिना ४-० ले अगाडी रह्यो ।

खेलको ३७ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाए । मेस्सीले अर्जेन्टिनाका लागि १०० गोल समेत पूरा गरे ।

खेलको ७८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा अर्जेन्टिना ६-० ले अघि रह्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा गोन्जालो मोन्टिलले गोल गर्दा अर्जेन्टिना ७-० ले विजयी भयो ।