एजेन्सी - बुधवार दिउँसो कांग्रेस नेता राहुल गान्धी संसद् भवन पुगेका छन् ।
संसद्को सदस्यता खारेज भएपछि राहुल गान्धी पहिलो पटक संसद् भवनमा प्रवेश गरेका हुन् । राहुल गान्धीको संसद् सदस्यता केही दिनअघि खारेज भएको थियो ।
सूरतको एक अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएपछि सदस्यता खारेज गरेको थियो । मोदी उपनामको बयानका लागि राहुल गान्धी विरुद्ध आपराधिक मानहानिको मुद्दा दर्ता गरिएको थियो ।
यस मामिलामा अदालतले आफ्नो फैसला सुनाउँदै राहुल गान्धीलाई दोषी ठहर गरेको थियो ।