थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।