बिहीबारसम्म सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३३ दिन अगाडि
बिहीबारसम्म सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

 काठमाडौँ  - बिहीबार बेलुकीसम्म सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन्।

आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले लगभग मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई बताए।

दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ।