सेतो मछिन्द्रनाथ जात्राको अबसरमा फोटो प्रर्दशन हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०८ दिन अगाडि
सेतो मछिन्द्रनाथ जात्राको अबसरमा फोटो प्रर्दशन हुँदै

काठमाडौं -ऐतिहासिक जात्रा सेतो मछिन्द्रथानको रथ यात्राको क्रममा आज देखी ३ दिन सम्म सेतो मछिन्द्रनाथ जात्रा संग सम्बन्धित फोटोहरु प्रर्दशन हुदैछ ।

सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह नेपालको संयोजन, काठमाडौं महानगरपालिकाका १७, २१, २५, २७ र २८ वडाहरुको सहयोगमा उक्त ऐतिहासिक फोटोहरु प्रर्दशन हुन लागेको हो । तिन दिन सम्म प्रर्दशन हुने फोटाहरु आज असन चोक, भोलि हनुमानढोका र पर्सि १८ गते लगन चोकमा हुने भएको छ ।