लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३२ दिन अगाडि
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने

काठमाडा‌ै‌ -लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।

लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ। ‘हामीले शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने। भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए। दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। नयाँ मन्त्रीहरूको बिहीबार साँझ नै शपथ हुने सम्भावना छ।