बारा-२ मा उपनिर्वाचन लड्ने राजेन्द्र महतोको तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३२ दिन अगाडि
बारा-२ मा उपनिर्वाचन लड्ने राजेन्द्र महतोको तयारी

 काठमाडाै‌ - लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्ने तयारीमा छन्।

स्रोतका अनुसार महतोले उम्मेदवार बन्न तयारी थालिसकेका छन्। महतो मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा सर्लाही-२ मा पराजित भएका थिए। उक्त क्षेत्रमा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका थिए। बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग पक्का छ।

उपेन्द्रलाई हराउन अरूले नसक्ने भएकाले आफूलाई उम्मेदवार बन्न पार्टी र कार्यकर्ताबाट दबाब आएको महतोले बताए ।‘उपेन्द्र यादवलाई हराउन अरूले सक्दैनन् भनेर उम्मेदवार बन्न मलाई दबाब छ,’ महतोले  भने,‘मैले उम्मेदवारी दिने टुंगो भइसकेको छैन। तर उम्मेदवार बन्न दबाब छ।’ यसअघि बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने बताएका छन् । उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि कुशवाहा माओवादी केन्द्र छोडेर जनमतमा प्रवेश गरेका छन्।