अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, धेरैको ज्यान गएको आशङ्का

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३२ दिन अगाडि
अमेरिकामा सेनाको हेलिकप्टर दुर्घटना, धेरैको ज्यान गएको आशङ्का

एजेन्सी -अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गरेका छन् । उनले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना रहेको बताए  स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच६० ब्ल्याकहक हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए । चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।