लगातार तेस्रोपटक एपीएफले जित्यो ललितपुर मेयर कपको उपाधि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३२ दिन अगाडि
लगातार तेस्रोपटक एपीएफले जित्यो ललितपुर मेयर कपको उपाधि

काठमाडौं - ललितपुर मेयर कप महिला टी-२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।

 तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाउको थियो । एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै सीमित भयो ।