काठमाडाै -मनाङको नासो गाउँपालिका– २ स्थित खोत्रो भिरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
घाइते भएका चिनियाँ पर्यटक झाङ जीको उपचारका क्रममा मृत्यु भएको हो । उनी मर्स्याङ्दी नदी किनारको गोरेटो बाटोमा अवस्थित खोत्रो भिर नजिकबाट दुई सय मिटर तल खसेका थिए । सो घटनाको खबर पाउनेबित्तिकै उद्धारमा गएका नेपाल प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उनलाई थप उपचारका लागि लमजुङको बेंसीसहर ल्याए पनि उपचारको क्रममा उनको बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।