तनहुँ १ मा एमालेद्वारा सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३२ दिन अगाडि
तनहुँ १ मा एमालेद्वारा सर्वेन्द्र खनालसहित  ६ जनाको नाम सिफारिस

काठमाडौं–  नेकपा एमालेले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ६ जनाको नाम सिफारिस गरेको छ।

पूर्व आईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको हो। 

पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले जानकारी दिएका हुन् ।  खनाल काठमाडौंबाट निर्वाचनमा पराजित भएका थिए।