वैशाख १० गते हुने उपनिर्वाचनपछि स्वतन्त्र पार्टी र सुशासन पार्टीबीच पार्टी एकता हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
वैशाख १० गते हुने उपनिर्वाचनपछि स्वतन्त्र पार्टी र सुशासन पार्टीबीच पार्टी एकता हुने

काठमाडौँ - वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । 

उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । 

खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित बनेका थिए । खरेल नेपाल प्रहरीका पुर्व डीआइजीपी हुन् ।