काठमाडौँ - आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ।
विद्यार्थीहरू ८ बजेअघि नै तोकिएको परीक्षा केन्द्र पुगेका छन्। शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।
एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ। रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन्।
परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन पाइँदैन। पत्रकारलाई पनि पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।