काठमाडौँ - शुक्रबार सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ ।
गृहमन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भएपनि सहमति जुट्न नसकेको हो । पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपा नेता रामरिझन यादवका अनुसार सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्नेगरी सकिएको बताए ।
पीडितसँग वार्ताका लागि सरकारले गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वर्ता टोली गठन गरेको थियो ।
मिटरव्याजी पीडितहरु १० दिन पैदल हिँडेर चार दिनअघि काठमाडौँ आएका थिए । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।