सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी

काठमाडौँ - सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ ।

शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा  पाँच मन्त्रालयको विषयमा अझै सहमति हुन नसकेको हो । 

जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । यी मन्त्रालयमध्ये ४ वटा कांग्रेस र एउटा जसपाको भागमा रहेको छ । अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको बालुवाटार स्रोतले जनाएको छ ।