काठमाडौँ - प्रजातन्त्र मुट्ठीभरका सानो समूहको कब्जामा भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
दुरदराजमा बस्ने तल्ला वर्गका जनताको दुख, पिर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे ।
राप्रपा नेपाल आबद्ध पूर्व प्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष थापाले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए ।