गृह मन्त्रालयले गर्यो दुई डीआईजीको सरुवा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
गृह मन्त्रालयले गर्यो दुई डीआईजीको सरुवा

काठमाडौँ - नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को गृह मन्त्रालयले सरुवा गरेको छ । 

सरुवा हुनेमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका उमेशराज जोशी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र साइबर ब्युरोमा रहेका किरण राणा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।