उपप्रधान तथा गृह मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
उपप्रधान तथा गृह मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हालेका छन् ।

११ पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गृहको जिम्मेवारी दिएका हुन् ।

उनले शुक्रबार नै गृहमन्त्रीको पदभार सम्हालेका छन् । उनी गृह मन्त्रालयको नेतृत्वमा १० वर्षपछि फर्किएका हुन् ।

श्रेष्ठ ०६८ मा केही दिन गृहमन्त्री बनेका थिए । १६ साउन २०६८ देखि ३ भदौ २०६८ सम्म गृहमन्त्री रहेका श्रेष्ठले फेरि गृहमा फर्किएपछि भनेका छन्, ‘१० वर्षपछि गृह मन्त्रालयमा फर्किएको छु । प्रधानमन्त्रीको निर्देशनअनुसार गृह मन्त्रालयको जिम्मेवारी लिएर आएको छु ।’