नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गर्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३१ दिन अगाडि
नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गर्दै

काठमाडौँ - नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गरेका छन् । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री भुसालले पदबहाली गरेका हुन् । 

भुसाल पदवहालीका लागि मन्त्रालय पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि मन्त्रालय पुगेर पद बहाली गरेका छन् । भुसाल र ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् ।