काठमाडाै -निर्देशक हरि हुमागाँईंकाे निर्देशनमा नयाँ गीत ‘तूइन् पारी’ सार्वजनिक गरिए छ।
राम नवमीको अवसर पारेर हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ ।
नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् । जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् ।
भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् ।
भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ ।
यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ । हुमागाईँ पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडियो निर्देशन तर्फ हावी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।