सानेपामा नेविसंघ नेताहरूको अनशन-महाधिवेशन सुनिश्चित गर्न माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३० दिन अगाडि
सानेपामा नेविसंघ नेताहरूको अनशन-महाधिवेशन सुनिश्चित गर्न माग

काठमाडौ - नेविसंघका असन्तुष्ट समुहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन् ।

असन्तुष्ट समुहले नेविसंघ वृहत संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनसन थालेका हुन् । विधार्थी नेता अमन भुसालका अनुसार पहिलो दिन अनशन कर्ता निश्चल महर्जन र अनशुल केसी अनशनमा छन् । उनीहरूले म्याद सकिसकेको सभापतिलाई खारेज गरि नयाँ पदाधिकारी सहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने, सभापतिले म्याद सकिएपछि जारी गरेका चिठि खारेज हुनुपर्ने । र १२औ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।