हेटौँडाबाट काठमाडौँ छिर्ने दुईवटा सडक बन्द

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२९ दिन अगाडि
हेटौँडाबाट काठमाडौँ छिर्ने दुईवटा सडक बन्द

हेटौडा- मकवानपुर सदरमुकाम हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्। 

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गर्न लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्। थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मत कार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो। हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चाल्नेबाहेकका सवारीसाधन बाहेक अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।