'मेरो भ्वाइस युनिभर्स' को निर्णायकमा भित्रिए दीप श्रेष्ठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२५ दिन अगाडि
'मेरो भ्वाइस युनिभर्स' को निर्णायकमा भित्रिए दीप श्रेष्ठ

 काठमाडाै‌- ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशि रहेको २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को  निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठको प्रवेश भएको छ । 

इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन गरिरहेको छ । यी दुवै रियालिटी शोको विजेताले १–१ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।  यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् ।

यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्णायक र होस्टसँग कागजी रुपमा सम्झौता समेत गरिएको थियो । ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’लाई चाँडै नै सभ्य र भव्य रुपमा नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण गर्ने अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् ।