एजेन्सी - अफगानिस्तानमा तीन बेलायती नागरिकलाई तालिबानले हिरासतमा राखेको छ । मानवअधिकारकर्मीसँग सम्बन्धित एउटा संस्थाले यसबारे बीबीसीलाई जानकारी दिएको छ ।
प्रिसिडियम नेटवर्कका स्कट रिचर्ड्सले ती मध्ये एकलाई मिडल्सब्रोका ५३ वर्षीय केभिन कर्नवेलको नाम दिएका छन् । रिचर्ड्सले केभिन र अर्को अज्ञात व्यक्तिलाई जनवरी ११ मा पक्राउ गरिएको बताए । यसै क्रममा अर्का बेलायती नागरिकलाई पनि फरक मितिमा पक्राउ गरिएको थियो ।
बेलायतको विदेश मन्त्रालयले यी तीन व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । प्रिसिडियम नेटवर्क युकेमा आधारित गैर–लाभकारी संस्था हो जसले हिंसा र गरिबीको जोखिममा रहेका मानिसहरूलाई मद्दत गर्दछ ।
रिचर्ड्सका अनुसार उनको सङ्गठनले व्यावसायिक रूपमा प्यारामेडिक कर्नवेल र अन्य एक नाम नखुलाइएका व्यक्तिको प्रतिनिधित्व गरिरहेको छ । तेस्रो व्यक्ति बेलायती नागरिक नभएको बताइएको छ ।
उनका अनुसार यी तीन जना माथि अहिलेसम्म औपचारिक रूपमा आरोप लागेको छैन तर दुई जनालाई सायद कर्नवेलको कोठामा दराजमा एक हतियार भेटिएका कारण हिरासतमा लिइएको छ । कर्नवेलका अनुसार उनले यो हतियार अफगानिस्तानको गृह मन्त्रालयबाट पाएको लाइसेन्स पनि राखेका हुन् ।
तेस्रो व्यक्तिको पहिचान माइल्स रटलेजको रूपमा भएको छ । २३ वर्षका रटलेज बर्मिङ्घममा बस्छन् र उनलाई अगस्ट २०२१ मा बेलायती सेनाले अफगानिस्तानबाट सुरक्षित बाहिर निकालेका थिए ।
रटलेजले खतरनाक देशको भ्रमण गरेर उनीहरूको तस्बिर सोसल मिडियामा राखेर मानिसहरूको ध्यान आकर्षित गरेका थिए ।