स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाकाे फराकिलो जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२९ दिन अगाडि
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाकाे फराकिलो जित

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फाती र फेरान टोरेसको नाममा एक एक गोल रह्यो ।

खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ५६ औं मिनेटमा फातीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७० औं मिनेटमा टोरेसले गोल गर्दा बार्सिलोना ४-० ले विजयी भयो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २७ खेलमा ७१ अंक जोडेको छ । इल्चे १३ अंक जोडेर पुछारमा रहेको छ ।