जसपामा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीले लिइन् शपथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२९ दिन अगाडि
जसपामा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीले लिइन् शपथ

काठमाडौँ - आज जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन् । 

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो । शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।