काठमाडौँ - मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।
कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भीरतापूर्वक लिन पनि सरकारलाई सचेत गराए ।
सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।