यही संविधान अनुसार राजा फर्काउने प्रयास गरिरहने धवलशमशेरकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२९ दिन अगाडि
यही संविधान अनुसार राजा फर्काउने प्रयास गरिरहने धवलशमशेरकाे भनाइ

काठमाडौं - यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताएका हुन् । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएका थिए ।

त्यसप्रति टिप्पणी गर्दै राप्रपा सांसद राणाले आफूहरुको एजेण्डा अनुसार नै अघि बढ्ने जवाफ दिएका हुन् ।