काठमाडौँ - नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको कारबाही फुकुवा अस्वीकार गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशी लगायतको कारबाही फुकुवाको निर्णयपछि एक विज्ञप्ति जारी गर्दै उनले त्यसको खण्डन गरेका हुन् ।यसअघि समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको उनको गुनासो छ ।
कांग्रेसले आफू र आफूसँग सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णयलाई मान्न तयार नरहेको उनको भनाइ छ । वर्षौँदेखि कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय आफू र परिवारले वर्षौँदेखि भोग्दै आएको उनको गुनासो छ ।