सभामुखको तजबिजी अधिकार खोस्ने संशोधन फिर्ता , पछि हटे सत्तारुढ सांसद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२९ दिन अगाडि
सभामुखको तजबिजी अधिकार खोस्ने संशोधन फिर्ता , पछि हटे सत्तारुढ सांसद

काठमाडौं - सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्तावबाट सत्तारुढ सांसदहरु पछि हटेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने गरी सत्तारुढ सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा राखेको आफ्नो संशोधन फिर्ता लिएका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदहरुले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।