राष्ट्रियसभा अध्यक्षले लिए राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
राष्ट्रियसभा अध्यक्षले लिए राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिएका छन् ।

सोमबार बिहान अध्यक्ष तिमिल्सिनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति पौडेललाई भटेका थिए । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री  प्रकाश ज्वालाले पनि अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिउँदै स्वास्थ्य लाभको कामना गरे ।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए।