पहिलाभन्दा राम्रो मत आउने प्रतिक्रिया पाएको रास्पाका सभापति लामिछानेको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
पहिलाभन्दा राम्रो मत आउने प्रतिक्रिया पाएको रास्पाका सभापति लामिछानेको भनाइ

काठमाडौँ -  चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् ।

आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।

लामिछानेले मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको जानकारी दिए ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।