सरुवा र बढुवामा हस्तक्षेप गर्न नदिने गृहमन्त्री श्रेष्ठको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
सरुवा र बढुवामा हस्तक्षेप गर्न नदिने गृहमन्त्री श्रेष्ठको भनाइ

काठमाडौँ - सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’ प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । 

देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’