काठमाडौँ - मेटमणि चौधरी नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चयन भएका छन् ।
आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।
प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो। चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । उनी यसअघि सहरी विकास मन्त्री भएका थिए ।