तनहुँ - गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले तनहुँ १ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता अघि कोणसभा गरेको कांग्रेसका नेता कार्यकर्ता अपराह्न महामन्त्री गगन थापासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका हुन् ।
भट्टराईका समर्थकमा रघुनाथ पौडेल र समर्थकमा श्याम रमौति रहेका छन् । भट्टराई उम्मेदवारी दर्ता गर्न जाँदा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान समेत सहभागी भएका छन् ।