कांग्रेसका तर्फीबाट जितनारायण श्रेष्ठले गरे मनोनयन दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
कांग्रेसका तर्फीबाट  जितनारायण श्रेष्ठले गरे मनोनयन दर्ता

चितवन - कांग्रेसका जितनारायण श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठको समर्थकमा राजेश्वर खनाल र प्रस्तावक रामचन्द्र अधिकारी रहेका छन् ।  यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।