चितवन–२ मा एमाले र राप्रपाले गरे मनोनयन दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२८ दिन अगाडि
चितवन–२ मा एमाले र राप्रपाले गरे मनोनयन दर्ता

चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ । 

एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो । एमाले उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा पूर्व सांसद कृष्णभक्त पोखरेल रहेका छन् ।