काठमाडौं - आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो भनी रोज्न नेकपा एमालेले आग्रह गरेको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सांसदहरुलाई स्वार्थ बाझिने संसदीय समिति नरोज्न भनिएको छ ।
उनका अनुसार एमाले सांसदहरुले यही चैत २४ गतेसम्म आफू कुन समितिमा रहने हो त्यसबारेसंसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने छ । त्यसपछि संसदीय समितिमा रहने आफ्नो पार्टीका सांसदहरुको नामावली संघीय संसद सचिवालयलाई उपलब्ध गराउने एमालेको तयारी छ ।
आइतबार प्रतिनिधि सभा निमायली २०७९ पारित भएसँगै दलहरु संसदीय समिति गठनको गृहकार्यमा लागेका छन् । सोही क्रममा एमालेले आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो रोज्न आग्रह गरेको हो ।