बारा - बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले मनोनयन दर्ता गरेका छन् ।
सोमबार सो पार्टीका अध्यक्ष सीके राउतसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेर कुशवाहाले उम्मेदवारी दर्ता गरेका हुन् ।
कुशवाहको प्रस्तावकमा मन्तोषप्रसाद कुशवाहा रहेका छन् भने समर्थकमा जयरामप्रसाद कुशवाहा रहेका छन् ।