आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९९ दिन अगाडि
आज सुनको मूल्य कति  ?

काठमाडौँ -  दुई दिन घटेको सुनको भाउ मंगलबार तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।