धर्मका प्रकार फरक भएतापनि लक्ष्य एउटै रहेको उपराष्ट्रपति यादवकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०४ दिन अगाडि
धर्मका प्रकार फरक भएतापनि लक्ष्य एउटै रहेको उपराष्ट्रपति यादवकाे भनाइ

काठमाडौँ - धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । 

उनले मङ्गलवार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए । उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

उपराष्ट्रपति यादवले महावीरका उत्कृष्ट सिद्धान्तहरूलाई अनुसरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनुयायीहरु सफल रहेको बताए ।