लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुपस्थित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०४ दिन अगाडि
 लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुपस्थित

दाङ - लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुपस्थित भएका छन् ।

सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका  हुन् । सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् ।

यता, सत्तारुढल दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमत परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाब दिएका थिए ।

मंगलबार पनि जारी प्रदेश सभा बैठकमा छिटोभन्दा छिटो मार्ग प्रशस्त गरेर निकास दिनुपर्ने बताए । कांग्रेसका प्रदेश सभा राजु खनालले सरकारले बहुमत गुमाएको अवस्थामा सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुन आग्रह गरे ।