मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३१ दिन अगाडि
मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने तयारी

जनकपुरधाम - मधेश प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने तयारी गरेको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।